जिल्ला समन्वय समितिकाे कार्यालयमा कार्यरत कर्मचारीकाे नियमित बैठक जिल्ला समन्वय समितिको कार्यालय कर्मचारी बैठक जिल्ला समन्वय समिति प्रमुखको निजी सचिवालयको स्वीकृत दरबन्दी ना.सु.(रा.प.अनं. प्रथम वा सो सरह करारमा १ जना करार सेवामा कर्मचारी पदपूर्तिको लागि जिल्ला समन्वय समितिको कार्यालयको सूचना पार्टिमा मिति २०७५।१२।२२ गते सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त पेश गर्नको लागि सूचना प्रकाशित गरिएको छ । । जिल्ला समन्वय समिति, धादिङको मिति २०७५।१२।२२ गते बसेको बैठकको निर्णयहरू जिसस मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ अनुसार स्थानीय तहबाट पेश हुनुपर्ने प्रतिबध्दता पत्रको नमूना जिल्ला समन्वय समितिको कार्यालयबाट २०७५ श्रावणदेखी पुस मसान्तसम्म भएका कार्यहरूको स्वत प्रकाशन अर्ध बार्षिक समीक्षाको कार्यक्रम र राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त श्री कृष्णहरि बास्कोट ज्यूबाट सूचनाको हक, सुशासन, सदाचार र सकारात्मक सोच लगायतका विषयहरूमा जिल्लास्थित स्थानीय तहहरूका जनप्रतिनिधिहरू (प्रमुख /अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष) र प्रमुख प्रशासकीय अधिकृतहरूसँग अधिकतम २ घण्टा प्रशिक्षण दिने कार्यक्रम रहेकोले मिति २०७५।११।१५ गते ११ बजे जिससमा अनिवार्य उपस्थितिको लागि अनुरोध छ । जिल्ला समन्वय समितिको मिति २०७५।११।२९ गते बसेको बैठकको निर्णयहरू जिल्ला समन्वय समितिको मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ परिचालन सम्बन्धमा नीतिगत मार्गदर्शनका लागि मिति २०७५ माघ १२ गते बसेको जिल्ला सभा आ.व.२०७५।०७६ को अर्धबार्षिक समीक्षाको लागि प्रस्तुतिकरण ढाँचा

गजुरी गाउँपालिका

संघीय गणतन्त्र नेपालको प्रदेश नं. ३ मा पर्ने धादिङ जिल्ला नेपालको एकमात्र यस्तो जिल्ला हो जो नेपालको उत्तर हिमालदेखि दक्षिण तराईको भूभागसम्म फैलिएर रहेको छ । नेपालको समग्र भौगोलिक धरातलको विशेष बोकेको धादिङ जिल्लामा सबै किसिमको हावापानी पाइन्छ । यस्तो विशेषतायुक्त जिल्लामा पर्ने गजुरी गाउ“पालिका नेपालको प्रसिद्ध नदी त्रिशुलीको किनारदेखि मकवानपुर जिल्लाको सिमानासम्म फैलिएर रहेको छ । काठमाडौंलाई तराईसम्म जोड्ने एकमात्र पृथ्वी राजमार्ग यसै गाउँ पालिकाबाट भएर जाने भएकोले यसलाई नेपालभरि प्रायः सबैले चिन्दछन् । करिब १३८.६६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो गाउ“पालिकाको पूर्वमा गल्छी गाउ“पालिका, पश्चिमा बेनिघाट रोराङ गाउ“पालिका, उत्तरमा त्रिशुली नदीको किनार र दक्षिणमा मकवानपुर जिल्ला पर्दछ । यो गाउ“पालिका समुद्री सतहबाट करिब ३०० देखि १३०० मिटर सम्मको उचाईसम्म फैलिएर रहेको छ । विश्व मानचित्रमा २८ डिग्री ७३ मिनेट उत्तरी अक्षांश र ८४ डिग्री ९८ मिनेट पूर्वी देशान्तरमा अवस्थित यो गाउ“पालिकामा बाहुन, क्षेत्री, तामाङ, चेपाङ, मगर, नेवार लगायतका जातजातिको बसोबास भएकोले यहा“को कला, संस्कृति, रीतिरिवाज र परम्परामा पनि विविधता पाइन्छ । यहा“का जनताको मुख्य पेशा कृषि भए तापनि व्यापार, वैदेशिक रोजगार, उद्योग व्यवसाय यहा“का अन्य पेशाहरु हुन् ।
    साविकको गजुरी, पिंडा र किरान्चोक गा.वि.स.लाई मिलाएर बनेको यस गाउ“पालिका नेपाल सरकारको आदेश अनुसार २०७३ साल फागुन २७ गतेबाट सञ्चालनमा आएको हो । पृथ्वी राजमार्गमा पर्ने मलेखु, गजुरी, घाटबेसी, आदमघाट यहा“का मुख्य बजार क्षेत्र हुन् । भद्रकाली, सिद्धेश्वर, ओडारे महादेवस्थान, पिण्डेश्वरी, ईन्द्रायणी, सानो पशुपतिनाथ आदि यहा“का मुख्य मन्दिरहरु हुन् । माछा पाइने प्रख्यात ठाउ“ मलेखु बजार पनि यसै गाउ“पालिकामा पर्दछ ।
    नेपाली सेनाको देवीदत्त गण, आदमघाटमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय, जिल्ला ट्राफिक कार्यालय र इलाका प्रहरी कार्यालय समेतका सुरक्षा निकायहरु रहेको र आदर्श बहुमुखी क्याम्पस, विभिन्न मा.वि. र आधारभूत विद्यालयहरु गजुरी बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लगायत अन्य स्वास्थ्यस“ग सम्बन्धित निकायहरु सेक्टर र इलाका वन कार्यालयहरु, कृषि र पशु सेवा केन्द्र, महिला तथा बालबालिका कार्यालय, सीप विकास तालिम केन्द्र, कृषि सामग्री संस्थान, विद्युत प्राधिकरण जस्ता सरकारी र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी निकायहरुको कार्यशीलताले यस गाउ“पालिकाको गजुरी बजारलाई दोस्रो जिल्ला सदरमुकामको रुपमा समेत लिने गरिएको छ ।
स्थानीय तहको गठनपछि आवश्यक कर्मचारी तथा भौतिक पूर्वाधारको कमीका कारण यस गाउ“पालिकाबाट प्रवाह हुने सेवा सुविधाको प्रभावकारितामा द्रुत गतिले सुधार गर्न सकिएको छैन । नेपाल सरकारको कार्यकारी आदेश २०७४ मा व्यवस्था भए अनुसार गाउ“पालिका र वडा कार्यालयमा गरी कुल ३३ जना कर्मचारीको दरबन्दी भए तापनि हालसम्म निजामती सेवाका कार्यकारी अधिकृत –१, लेखापाल –१, वडा सचिव –३ गरी जम्मा ५ जना र स्थानीय तहमा कार्यरत स्थायी, अस्थायी र करार गरी कम्प्युटर अपरेटर –१, सहकायक चौथो तहमा कार्यरत ३ जना तथा कार्यालय सहयोगी १ जना गरी जम्मा १० जना कर्मचारी र ३ जना सामाजिक परिचालकबाट गाउ“पालिका र सबै वडा कार्यालयहरुको कार्य सञ्चालन गरिएको छ । कार्यालयको आफ्नै कार्यालय भवन नभए तापनि गजुरी बजारमा घर भाडामा लिई गजुरी गाउ“पालिकाको कार्यालय सञ्चालन गरिएको छ । यसैगरी गाउ“पालिकाको वडा नं. १, २ र ३ बाट प्रवाह हुने सेवा सुविधाहरु समेत यही कार्यालयबाट प्रदान गर्ने कार्यको थालनी गरिएको छ । यसरी नै वडा नं. ४, ५ र ६ को वडा कार्यालयबाट वडा नं. ७ र ८ को वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधाहरु क्रमशः साविकको पिंडा र किरान्चोक गा.वि.स.को कार्यालयबाट संयुक्त रुपमा प्रवाह गर्ने काम गरिएको छ ।
सम्बत् २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनपछि लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधि विहिन भई सेवा प्रवाह र विकास निर्माणका कार्यमा प्रभावकारिता हासिल गर्ने कार्यमा भएको कठिनाईलाई अब हल गर्ने समय आएको छ । उक्त निर्वाचन पश्चात् हाम्रो गाउ“पालिकामा आएका जनप्रतिनिधिहरुको सवल नेतृत्वलाई निम्नानुसार प्रस्तुत गरिएको छ ।

जम्मा वडा संख्या  : ८ 

जम्मा जनसंख्या  : २७०८४

समावेश गाविस  : गजुरी, पिडा र किरानचोक गा.वि.स.

जम्मा क्षेत्रफल  : १३८.६६ ( वर्ग कि.मी.)

Skip to toolbar