धादिङ जिल्लास्थित स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षज्यूहरुको विवरण पुननिर्माण प्राधिकरण बाट प्राप्त प्रबलिकरण लाभघ्राही सुची विपद् व्यवस्थापन सम्बन्धी धादिङ जिल्लाको घोषणा पत्र संघसंस्था, खानेपानी मूल, डुंगा, ‘घ’ वर्गको निर्माण व्यवशायी इजाजत पत्र, सेवा शुल्क, दस्तुर लिने व्यवस्था सम्बन्धमा । आ.व. ०७४/०७५ को लागि आन्तरिक आयको ठेक्का वन्दोवस्त गर्ने सम्वन्धी सिलवन्दी वोलपत्र आव्हानको सूचना गुनासो फछ्र्यौटको भई कायम भएका लाभग्राहीहरुसंग अनुदान सम्झौता हुने । निजी आवास अनुदानको प्रगति (२०७३ चैत्र ९) पुर्ननिर्माण प्राधिकणबाट फछ्र्यौट भएका गुनासोहरुको सूची सम्पर्क सूची योजना सम्झौता गर्ने अन्तिम मिति २०७३ फागुन मसान्त सम्म तोकिएको सूचना

योजना सम्झौता गर्ने अन्तिम मिति २०७३ फागुन मसान्त सम्म तोकिएको सूचना

चालु आ.ब.२०७३/७४ मा कार्यान्वयन हुने गरी स्वीकृत भएका सवै बजेट शिर्षक अन्तर्गतका योजनाहरु कार्यान्वयन समयमै गर्न संसदको विकास समितिबाट भएको निर्देशन एवं जिल्ला स्थित राजनैतिक दलहरु सहितको मिति २०७३/१०/२४ गतेको बैठकबाट उपभोक्ता समितिहरुसंग सम्झौता गर्ने म्याद अन्तिम पटकको लागि २०७३ फाल्गुण मसान्त सम्म र आयोजनाको भुक्तानी २०७४ जेष्ठ मसान्त सम्म मात्र गर्ने निर्णय भएकोले हाल सम्म पनि सम्झौता नभएका योजनाका उपभोक्ताहरुलाई उक्त समय भित्र नियमानुसार उपभोक्ता समिति गठन गरी गाविसको सिफारीस सहित योजना सम्झौता गर्न आउन हुन सूचित गराईन्छ । साथै आर्थिक वर्षको अन्त्यतिर मात्र योजनाहरुको कार्यान्वयन गर्ने परिपाटीलाई निरुत्साहित गर्ने जिल्ला विकास समितिको नीति अनुरुप सम्झौता भएका योजनाहरुको कार्यान्वयन सिघ्र रुपमा सम्पन्न गरी समयमै भुक्तानीको लागि पेश गर्न समेत सवै उपभोक्ता समितिहरुलाई अनुरोध गरिन्छ । तोकिएको समयमा सम्झौता नभएका योजनाहरु र सम्झौता अवधि भित्र कार्य सम्पन्न नगर्ने योजनाहरुको भुक्तानी दिन जिल्ला विकास समिति बाध्य नहुने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराईन्छ । 

Skip to toolbar