जिसस मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ अनुसार स्थानीय तहबाट पेश हुनुपर्ने प्रतिबध्दता पत्रको नमूना जिल्ला समन्वय समितिको कार्यालयबाट २०७५ श्रावणदेखी पुस मसान्तसम्म भएका कार्यहरूको स्वत प्रकाशन अर्ध बार्षिक समीक्षाको कार्यक्रम र राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त श्री कृष्णहरि बास्कोट ज्यूबाट सूचनाको हक, सुशासन, सदाचार र सकारात्मक सोच लगायतका विषयहरूमा जिल्लास्थित स्थानीय तहहरूका जनप्रतिनिधिहरू (प्रमुख /अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष) र प्रमुख प्रशासकीय अधिकृतहरूसँग अधिकतम २ घण्टा प्रशिक्षण दिने कार्यक्रम रहेकोले मिति २०७५।११।१५ गते ११ बजे जिससमा अनिवार्य उपस्थितिको लागि अनुरोध छ । जिल्ला समन्वय समितिको मिति २०७५।११।२९ गते बसेको बैठकको निर्णयहरू जिल्ला समन्वय समितिको मौज्दात कोष सञ्चालन निर्देशिका २०७५ परिचालन सम्बन्धमा नीतिगत मार्गदर्शनका लागि मिति २०७५ माघ १२ गते बसेको जिल्ला सभा आ.व.२०७५।०७६ को अर्धबार्षिक समीक्षाको लागि प्रस्तुतिकरण ढाँचा जिसस मौज्दात कोष परिचालन सम्बन्धी निर्देशिका २०७५ जिल्ला समन्वय समितिको मिति २०७५ माघ ०९ गते बसेको बैठकका निर्णयहरू जिल्ला अनुगमन तथा समन्वय समितिको मिति २०७५ पुस २४ गते बसेको बैठकको निर्णयहरू जिल्ला समन्वय समितिको आन्तरिक नियन्त्रण निर्देशिका २०७५

संक्षिप्त परिचय

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमति अञ्चलमा अवस्थित छ । निलकण्ठ नगरपालिकामा रहेको धादिङबेशी यो जिल्लाको सदरमुकाम हो । २०६८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या ३,३६,०६७ रहेको छ । कुल १९२४.९ वर्ग कि.मी क्षेत्रफल ओगटेको र प्रसिद्ध गाणेश हिमालको काखमा रहेको यो जिल्लामा ७११० मीटर अग्लो पाविल हिमाल यहाँको सवैभन्दा अग्लो हिमाल हो । बि.स.२०६८ को जनगणना अनुसार ७३,८५१ घरधुरी संख्या र ३,३६,०६७ जनसंख्याले बसोबास गर्ने यो जिल्ला मनोरंजन हिमदृश्य ,हिमालय पर्बत बाट उत्पति भई जिल्लाको लगभग बीच भागमा अविरल बग्ने त्रिशुली, आंखु र बुढी गण्डकी को सौन्दर्यता, चरण क्षेत्र, टारहरुको मनमोहक स्थितिले धादिङ जिल्ला प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थल को रुपमा पनि परिचित छ।

भू आकृतिमा झन्डै बुटको आकारमा रहेको धदिङ जिल्ला को भौगोलिक फैलावट पूर्वमा काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा रसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा चितवन र मकवानपुर जिल्लाको सिमानाबाट जोडिएको छ । धादिङ जिल्ला २ वटा निर्वाचन क्षेत्र, २ नगरपालीका र ११ वटा गाउपालिका को रुपमा प्रशासनिक एबं राजनीतिक ईकाइहरुमा विभाजित छ । २०३२ साल भन्दा पहिला सुनौलाबजार मा रहेको सदरमुकाम हाल निलकण्ठ नगरपालिका मा स्थित धादिङबेंसी मा रहेको छ ।
यस जिल्लाका मुख्य बजारहरुमा धादिंगबेंसी,आरुघाट,किन्तांगफेदी,गजुरी,मलेखु,बैरेनी,आदमघाट,चरौदी,बेनिघाट,जोगीमारा,महादेवबेंसी, कटुन्जे, रीग्ने,खाहरेबजार आदि रहेका छन् ।

यस जिल्लामा ४६ वटा गाविसहरु छन् भने नीलकण्ठ नगरपालिका जिल्लाको एकमात्र नगरपालिका हो ।

गाविस संबन्धि थप विवरण को लागि  यंहा क्लिक गर्नुहोस 

जिल्ला संबन्धि थप जानकारीको लागि जिल्ला प्रोफाइल डाऊनलोड  गर्नुहोस ।

 


Skip to toolbar