गुनासो फछ्र्यौटको भई कायम भएका लाभग्राहीहरुसंग अनुदान सम्झौता हुने । निजी आवास अनुदानको प्रगति (२०७३ चैत्र ९) पुर्ननिर्माण प्राधिकणबाट फछ्र्यौट भएका गुनासोहरुको सूची सम्पर्क सूची योजना सम्झौता गर्ने अन्तिम मिति २०७३ फागुन मसान्त सम्म तोकिएको सूचना पुनर्निर्माण प्राधिकरणवाट गुनासोको अवस्थावार जानकारी प्राप्त माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेज्यूद्धारा कर्मचारीहरुलाई निर्देशन स्तरीय योजना तर्जुमा गोष्ठी गर्ने कार्यक्रम निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौंट भएको योजनाहरुको विवरण आ.व. २०७४-०७५ मा जिल्ला बिकास योजना छनौट गर्ने आधारहरु सम्बन्धि सार्बजनिक सूचना

माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेज्यूद्धारा कर्मचारीहरुलाई निर्देशन

२०७३ माघ १३, धादिङवेसी
माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेज्यूले जिल्ला विकास समिति सभाहल, धादिङमा आयोजित कार्यक्रममा स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । नियमित अनुगमनको क्रममा धादिङ आउनु भएका मन्त्रीज्यूले सरकारले किटान गरेका मुख्य कार्यभार पुरा गर्न कर्मचारीहरु क्रियाशील हुन निर्देशन दिनु भएको छ । संविधानको कार्यान्वयन सरकारको पहिलो प्राथमिकता रहेको र यसको लागि स्थानीय तहको निर्वाचन गर्ने तयारी भईरहेको कर्मचारीहरु तयारी अवस्था रहनुपर्ने बताउनु भएको छ ।

भुकम्प पिडितलाई राहत तथा पुर्नर्निमाण र समग्र विकास मार्फत आर्थिक समृद्धि, सुशासन प्रर्वद्धन सरकारको प्रमुख प्राथमिकता भएकोले सो अनुसार अझै जागरुकताका

IMG_3389

Hon Minister Hit Raj Pandey

साथ काम गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ ।
यस अघि माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रीज्यूको स्वागत स्थानीय विकास अधिकारी श्री जीवलाल भूसालज्यूको नेतृत्वमा कर्मचारी टोलीले गरेको थियो भने निलकण्ठ नगरपालिका र जिल्ला विकास समितिबाट सम्पादित कार्यहरुको कार्यप्रगति एवं समस्या, चुनौति र मन्त्रालयसंगको अपेक्षा मन्त्रीज्यू समक्ष प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा स्थानीय निकाय कर्मचारीहरुको पेशागत माग एवं स्थानीय तहमा कर्मचारीहरुको सम्मानजनक समायोजनको लागि स्थानीय निकाय कर्मचारी संघका अध्यक्ष हरिपाटा मगर र गाविस कर्मचारीको अुनरोध पत्र गाविस सचिव हकहित केन्द्र नेपाल, धादिङका अध्यक्ष चुडामणी पुरीले मन्त्रीज्यू समक्ष पेश गर्नुभएको थियो । कार्यक्रमको संचालन योजना अनुगमन तथा प्रशासकीय अधिकृत श्री युवराज अर्यालज्यूले गर्नुभएको थियो ।

Skip to toolbar