आ.व. ०७३/०७४ को लागि आन्तरिक आयको ठेक्का वन्दोवस्त गर्ने सम्वन्धी सिलवन्दी वोलपत्र आव्हानको सूचना । वालुवा तथा ग्रावेल लिलाम गर्ने सम्वन्धी सिलवन्दी वोलपत्र आव्हानको सूचना । निजी आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको नामावली सार्जजनिक सुनुवाई सम्बन्धी जिल्ला विकास समितिको कार्यालय धादिङको जरुरी सूचना !!! उपभोक्ता समिति गठन सम्बन्धी सूचना । २३ औं जिल्ला परिषदमा स्थानीय विकास अधिकारी श्री भगवान अर्यालज्यूबाट प्रस्तुत आ.ब.०७३/७४ को नीति कार्यक्रम तथा बजेट योजना कार्यान्वयन सम्बन्धि गा.वि.स.हरु लाई सूचना आ.व. ०७१/०७२ को बार्षिक प्रगति समिक्ष्या कार्यक्रम सम्पन्न

संक्षिप्त परिचय

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमति अञ्चलमा अवस्थित छ । निलकण्ठ नगरपालिकामा रहेको धादिङबेशी यो जिल्लाको सदरमुकाम हो । २०६८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या ३,३६,०६७ रहेको छ । कुल १९२४.९ वर्ग कि.मी क्षेत्रफल ओगटेको र प्रसिद्ध गाणेश हिमालको काखमा रहेको यो जिल्लामा ७११० मीटर अग्लो पाविल हिमाल यहाँको सवैभन्दा अग्लो हिमाल हो । बि.स.२०६८ को जनगणना अनुसार ७३,८५१ घरधुरी संख्या र ३,३६,०६७ जनसंख्याले बसोबास गर्ने यो जिल्ला मनोरंजन हिमदृश्य ,हिमालय पर्बत बाट उत्पति भई जिल्लाको लगभग बीच भागमा अविरल बग्ने त्रिशुली, आंखु र बुढी गण्डकी को सौन्दर्यता, चरण क्षेत्र, टारहरुको मनमोहक स्थितिले धादिङ जिल्ला प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थल को रुपमा पनि परिचित छ। भू आकृतिमा झन्डै बुटको आकारमा रहेको धदिङ जिल्ला को भौगोलिक फैलावट पूर्वमा काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा रसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा चितवन र मकवानपुर जिल्लाको सिमानाबाट जोडिएको छ । धादिङ जिल्ला ३ वटा निर्वाचन क्षेत्र, १३ वटा ईलाका, १ नगरपालीका र ४६ वटा गा.वि.स. को रुपमा प्रशासनिक एबं राजनीतिक ईकाइहरुमा विभाजित छ । २०३२ साल भन्दा पहिला सुनौलाबजार मा रहेको सदरमुकाम हाल निलकण्ठ नगरपालिका मा स्थित धादिङबेंसी मा रहेको छ । यस जिल्लाका मुख्य बजारहरुमा धादिंगबेंसी,आरुघाट,किन्तांगफेदी,गजुरी,मलेखु,बैरेनी,आदमघाट,चरौदी,बेनिघाट,जोगीमारा,महादेवबेंसी, कटुन्जे, रीग्ने,खाहरेबजार आदि रहेका छन् ।
थप पढ्नुहोस्
Skip to toolbar